Thursday, October 22

नेपालमा कोरोनाबाट आज मात्रै ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय १४ पुग्यो

August 18, 2020 71

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट ज्यान गुमाउनेमा काभ्रे , नवलपारसी, धनुषा, मोरगं, बाके कास्की र बारामा १ १ जना गरी एकै दिन ७ जनाले ज्यान गुमाएका हुन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५ जनाले कोरोनालाई जितेर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ । त्यस्तै आज काठमाडौँ उपत्यकामा २ सुय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १३ हजार २ सय ६१ जनामा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्