Thursday, October 22

दुनियाँकै मन जितेकी अभिनेत्रीको २६ बर्षकै उमेरमा मृत्यु

July 13, 2020 268

काठमाडौं । बलिउडमा एक पछि अर्को शोक थपिदै गएको छ । बलिउड कलाकार सुशान्तको निधन पछि उत्पन्न चर्चा र वहस सेलाउन सेलाउन नपाउँदै अर्की कलाकारको पनि निधन भएको छ । सन् २०२० बलिउड क्षेत्रका लागि नराम्रो सावित हुँदै गएको छ । ४० भन्दा बढी कलाकारले यो वर्ष सालेसंगै यो संसार छोडेका छन् । अभिनेत्री, मोडेल र गायिका दिव्य चौक्सेले पनि यो सांर छोडेक छन् । भारतीय संचार माध्यम दैनिक भास्करले जनाए अनुसार उनको आइतवार निधन भएको हो ।

भारतीय सञ्चार माध्यमले त्यसको पुष्टिका लागि दिव्याको बहिनीको भनाई राखेका छन् । दिव्याको वहिनीले सामाजिक सञ्जालमा घटनाको पुष्टि गर्दै जानकारी दिएकी छन् । बहिनी सौम्या अमीश वर्माले दिदीको निधनको खबर फेसवुक पेजमा सार्वजनिक गरेकी छन् ।

अभिनेत्री दिव्याले पनि निधन हुनुअघि फेसवुक मार्फत अन्तिम सन्देश सार्वजनिक गरेकी थिइन् । उनी क्यान्सरवाट पीडित थिइन् । दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखिन्–‘जे म भन्न चाहान्छु त्यसका लागि शब्दहरू कम भइरहेको छ । धेरै कुरा भन्न चाहन्छु तर म संग समय निकै थोरए छ । जति भन्न सक्नु ति शब्द निकै थोरै जस्तो लाग्दैछ । म हराएको महिनौं भइसक्यो, त्यसैले तपाईहरुका लागि दिने सन्देश धेरै छन् । म यतिबेला जिवनको अन्तिम अवस्थामा छु । अस्पतालको शैयामा रहँदा पनि म आफुलाई निकै बलियो महशुष भने गरिरहेकी छु । त्यस्तो जीवनको लागि जहाँ कुनै संघर्ष हुँदैन । कृपया कुनै प्रश्न सोध्नुहोस् । तपाईं मेरो कत्तिको मतलब गर्नुहुन्छ ? केवल भगवानलाई थाहा छ ।’

सन् २०११ मा दिव्य मिस यूनिवर्सको प्रतिस्पर्धी बनेपछि उनको बलिउडमा प्रवेश सुरु भएको हो । उनले त्यसको ५ वर्ष पछि वलिउड प्रवेश गरिन् । सन् २०१६ मा, उनले फिल्म ‘अपना दिल तो आवारा’ फिल्मबाट बलिउड डेब्यू गरेकी थिइन । सन् २०१८ मा, दिव्याले ‘पटियाले दी क्वीन’ मा गीत गाउँदै गायीकाका रुपमा पनि आफुलाई स्थापित गराउँदै थिइन् । दिव्याको निधनको खबर सुनेर उनीसँगै काम गर्ने कलाकारहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यो पनि : भारतका चर्चित हाँस्य कलाकार जगदीपको निधन

‘सुरमा भोपाली’ नामले चर्चित हिन्दी वरिष्ठ हाँस्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा हिजो राति मुम्बईस्थित निवासमा निधन भएको हो ।

जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् ।जगदीपले ४ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।

सन् १९७५ मा बनेको शोले चलचित्रमा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले बलिउडलाई चर्चित बनायो ।त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ ।

प्रतिकृया दिनुहोस्