Saturday, October 24

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

August 20, 2020 100

राजविराज । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । अवस्था गम्भीर भएका ति पुरुषलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।

धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो । मृत्यु हुने ति युवक २८ वर्षीय युवा रहेका छन् । शव राजविराज ल्याइएपछि स्वाब संकलन गरि परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताइएको छ । सप्तरीमा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्