Thursday, October 22

साबधान ! बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यि काम, नत्र आइपर्न सक्छन यस्ता समस्या

August 20, 2020 79

काठमाडौ भदौ ४ । बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ ।

खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ । लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।

प्रतिकृया दिनुहोस्