Wednesday, October 28

डा. योगिता गौतमको विभत्स हत्या

August 20, 2020 2962

काठमाडौं, भदौ ४ । डा।योगिता गौतमको विभत्स हत्या गरिएको छ । घटना हो भारतको आगराको । डा योगिता बेपत्ता भएको करिब २४ घण्टामा उनको शव सहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

नयाँ दिल्लीमा बस्ने गरेकी डा। गौतमका बुबा र दाइ पनि डाक्टर भएको आजतकले लेखेको छ । मंगलबार राति अबेर सम्पर्कविहीन भउकी डा योगिताको मोवाइल पनि स्विच अफ भएका कारणले उनका बाबु र दाईले प्रहरीलाई तत्कालै खबर गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर विवेक तिवारीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

हत्या भएको दिनको अस्पतालको सिसिटिभी फुटेजमा पनि डा तिवारीले शंकास्पद गतिबिधि नै गरेको प्रहरीको दाबी छ । एसएसपी आगरा बबलुकुमारका अनुसार यसअघि नै डा तिवारीले हत्याको धम्की दिएका थिए । योगिताको टाउको र घाँटीमा चोट लागेको र मर्नुअघि उनले बच्नका लागि ठूलो संघर्ष गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्