Tuesday, October 27

लिपुलेक पासमा चिनियाँ जनमुक्ति सेनाको ब्रिगेड नै तैनाथ, नयाँ दिल्लीमा तरंग

August 20, 2020 100

काठमाडौं। नेपाल र भारतबीच तनाव भइरहेको लिपुलेक पासमा चीनले जनमुक्ति सेनाको ब्रिगेड तैनाथ गरेको छ । यसअघि लिपुलेक पास नजिकै केही सैनिक तैनाथ गरेको चीनले अचानक सैनिकको तैनाथी बढाएर १५० लाइट कम्बाइन्ड आर्म्र्स ब्रिगेडको तैनाथी गरेको छ । रिपोर्टका अनुसार यो ब्रिगेडलाई दुई हप्ता पहिले तिब्बतबाट चीनको लिपुलेक ट्राइजंक्सनतर्फ तैनाथ गरिएको छ ।

ब्रिगेड त्रिदेशीय सीमाको केवल १० किलोमिटरको दूरीमा तैनाथ गरिएको छ । चीनले जुलाइमै पाला नजिकै करिब १ हजार सैनिक तैनाथ गरेको थियो । चीनको जनमुक्ति सेनाले त्यहाँ स्थायी चौकी पनि बनाएको थियो । सूत्रका अनुसार २ हप्ता पहिले त्यो क्षेत्रमा २ हजार सैनिक तैनाथ गरेका थिए । लिपुलेक ताल नजिकै १७ हजार फिटको उचाइमा भारतले सडक निर्माण गरेपछि नयाँ दिल्ली र काठमाडौंको बीचमा तनाव पैदा भएको थियो ।

यो क्षेत्र नेपालको सीमाभित्र पर्ने र भारतले अतिक्रमण गरेको भन्दै नेपालले यस क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ । नेपालले यी क्षेत्र आफ्नो नक्सामा समेटेर परिमार्जित नक्सा जारी गरिसकेको छ । यो सडक मुख्य गरी कैलाश मानसरोवर जाने तीर्थयात्रीहरुले प्रयोग गर्छन् । पछिल्लो समय नेपाल र भारतबीच विगत ३ महिनादेखि विवाद भइरहेको छ ।

प्रतिकृया दिनुहोस्