Monday, October 19

“गोली अझै चलिरहेको थियो तर भाग्यले म जोगिएँ।”

August 20, 2020 234

बीबीसीका पूर्वसंवाददाता मोहम्मद मोआलुमिले आइतवार सोमालियाको राजधानी मोगादिसुस्थित एउटा होटलमाथि कब्जा गरिएको घटनामा बाँच्न सफल भए।

विगत सात वर्षमा अल शबाब लडाकु समूहद्वारा गरिएको आक्रमणमा उनी परेको यो चौथो घटना हो।

सोमालिया पत्रकार महासङ्घका प्रमुख मोआलिमुले बीबीसीका बासिलोओह मुटाहीसँग आफ्ना साथीसहित २० जना मारिने गरी द एलिट होटलमा भएको हमलाबारे आफ्नो भोगाइ साटेका छन्ः

म कामिरहेको थिएँ। मेरो मुटु ड्रमजस्तो भइरहेको थियो र मेरो जीउ काँपिरहेको थियो।

आकाशमा धुवाँको मुस्लो उडिरहेको थियो र सिङ्गो क्षेत्र नदेखिने अवस्था थियो।

मानिसहरू चिच्याइरहेका थिए। विस्फोटको असरलाई मैले देख्न सक्थेँ।

कतिपय मानिसलाई विस्फोटले फुटेका सिसाले लागेको थियो, कसैकसैको शरीरबाट रगत बगिरहेको थियो, कतिपय सहयोगका लागि याचना गरिरहेका थिए।

मेरो साथी अब्दिरिजाक अब्दी तत्काल भाग्न खोज्यो। मैले उसलाई रोक्न खोजेँ किनकि भीषण गोली चलिरहेको थियो।

तर ऊ प्रवेशद्वारतर्फ भाग्यो।

एलिट होटलतस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,
एलिट होटल

म त्यो ठाउँमा कुरिरहेँ जहाँबाट मैले गोली चलिरहेको स्थानको यकिन गर्न सक्थेँ।

आपत्‌विपद्‌को समयमा कसरी बस्ने भन्नेबारे मैले प्रशिक्षण लिएको छु।

म पूरै होसमा थिएँ जुन कुराले मलाई त्यो बेला मद्दत गर्‍यो किनकि के भइरहेको छ भन्ने कुरा मैले जान्न पाइरहेको थिएँ। त्यही कुराले मलाई जोगायो।

मलाई थाहा थियो कता जानुपर्छ र म घुमाउरो बाटो भएर दौडिएँ। मैले पर्खाल भएर हाम फालेँ र होटलको सामुनेको समुद्री तटमा कुदेँ।

‘टी-शर्ट फुकालेँ’
हाम फाल्नेबित्तिकै भाग्न सक्ने अवस्थामा म थिइनँ।

घटनास्थलबाट भागिरहेका मानिसहरूमाथि गोली चलाइँदै थियो।

रङ्गीन केही लगाएको भए आक्रमणकारीको ध्यान त्यसले तान्न सक्ने मलाई थाहा भयो।

मैले हरियो टी-शर्ट लगाएको थिएँ। त्यसलै त्यसलाई फुकालेँ। जुत्ता फुकालेर नाङ्गो खुट्टा निस्केको थिएँ।

गोली अझै चलिरहेको थियो तर भाग्यले म जोगिएँ।

होटलतस्बिर स्रोत,REUTERS
त्यसपछि मैले मेरो साथीलाई फोन गर्ने प्रयास गरेँ तर फोन लागिरहेको थिएन।

मैले उसलाई यताउता हेरेँ जिउँदो छ कि भनेर। विस्फोटपछि मैले थुप्रै मन्छेलाई भुइँमा लडिरहेको देखेँ भने कतिपय मानिसहरू चिच्याइरहेका थिए।

एकदमै डरलाग्दो र दुःख लाग्ने दृश्य थियो।

गोली चलिरहँदा नै एम्बुलेन्सहरू आउन थालेका थिए। मेरो साथी एब्दिरिजाक घाइते भएको र उसलाई अस्पताल लगिएको भनेर एक जनाले मलाई बताए।

आतङ्कवादीहरूले जथाभावी गोली चलाएकोले दुर्भाग्यवश मेरो साथी पनि शिकार भयो। उसको खुट्टा र छातीमा गोली लागेको थियो।

‘म अस्पतालतिर कुदेँ’
त्यो बेला सीमित मात्रामा हिँडडुल हुन थालेको थियो र सेना कारबाही थालिसकेको थियो, अझै पनि गोली चलिरहेको थियो।

एब्दिरिजाकले सूचना मन्त्रालयमा काम गर्थ्यो।

घटनाको केही घण्टाअघि मलाई लिन आएको थियो र हामी दुईजना सँगै होटलका लागि निस्केका थियौँ।

1px transparent line
कारहरूलाई गुड्न दिइएको थिएन, म हिँडेरै अस्पताल पुगेँ तर दुर्भाग्यवश एब्दिरिजाकलाई मृत घोषणा गरियो।

त्यो एउटा दुःखद दिन थियो। मोगादिसुमा यस्तो घटनाबाट म गुज्रिएको यो चौथो पटक थियो।

मलाई कुनै चोटपटक नलागेको भने यो पहिलो पटक थियो।

सन् २०१३ मा म संयुक्त राष्ट्रसङ्घीय कार्यालयको अगाडि थिएँ जतिबेला अल-शबाब लडाकुहरूले आक्रमण गरे।

मेरो कार एउटा आत्मघाती हमलाको चपेटामा परेको थियो।

लिडो समुद्री तटसँगै रहेको एउटा होटलनजिकै सन् २०१६ मा अर्को घटना भएको थियो।

त्यो बेला मेरो अनुहारमा चोट लागेको थियो। लण्डन र नैरोबीमा लामो समय मेरो उपचार चल्यो।

गत वर्षको फेब्रअरीमा होटल मक्का अल-मुकर्मामा गराइएको विस्फोट विध्वंशात्मक थियो।

मलाई समान्य चोटपटक लागेको थियो। आत्मघाती कार हमलाकारीले पर्खालमा बनाएको प्वालबाट म उम्किएँ।

2px presentational grey line
कल्पना गर्नुहोस् मेरा सहकर्मी, एक साथी जोसँग जुन दिन म कुराकानी गरिरहेको थिएँ, त्यही दिन ऊ अहिले यो संसारमा छैन।

केही मिनेटमै उसको ज्यान गयो। त्यो कुरा कति दुःखद थियो तपाईँ कल्पना गर्न सक्नुहुन्छ।

म रातभरि निदाउन सकिनँ। घटनाको ठूलो प्रभाव ममाथि पर्‍यो।

घटनामा २० जना मारिए। साथै चारजना हमलाकारी र एक आत्मघाती आक्रमणकारी पनि मारिए।

‘म जिउँदै छु भनेर मेरो परिवारलाई विश्वास लागेन’
त्यो ठूलो सङ्ख्या हो-मोगादिसुमा दिनमा काम गर्ने मानिसहरू सामान्यतया दिउँसो रेष्टुराँहरूमा चिया खान जान्छन्।

यो हमलालाई लिएर मलाई एकदम चिन्ता लागेको छ। मलाई आशा थियो स्थितिमा सुधार आउला।

समुद्री तटतस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,
लिडो समुद्र तट

मेरी श्रीमती र परिवारका अन्य सदस्यले रेष्टुराँहरू नजान सुझाउँछन्। अब मैले उनीहरूको सुझाव मान्नुपर्ला किनकि यो क्रम रोकिने देखिँदैन।

यस पटक मेरो परिवारमा ठूलो चिन्ता भयो किनकि एब्दिरिजाक मारिएको उनीहरूलाई थाहा भयो।

मैले अस्पतालमा फोन गरेर उनीहरूलाई बोलाउँदा मलाई जिउँदो देखेर उनीहरूलाई विश्वास लागिरहेको थिएन।

चौथो पटक पनि म जोगिएको कुरा बडो गाह्रोका साथी उनीहरूले विश्वास गरे।

प्रतिकृया दिनुहोस्