Tuesday, October 20

१८ तला माथिबाट १८० फिट तल खसे ४ वर्षका बालक तर…

August 20, 2020 403

काठमाडौं। चीनमा ४ वर्षका एक बालक १८ तल्ला माथिबाट १८० फिट तल खसेर पनि चमत्कारिक रुपमा बाँच्न सफल भएका छन् । ती बालक १८ औं तल्लामा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट खसेका थिए तर चमत्कारिक रुपमा जीवितै बच्न सफल भएका छन् । चीनको हुबेइ प्रान्तको शियांगयांग शहरमा ती बालक आफ्नो घरमा एक्लै थिए । मातापिता घरबाहिर थिए । त्यही बेला सोफामा चढेका ती बालक एक्कासी झ्यालबाट तल खसेका थिए ।

डेलीमेलको रिपोर्टअनुसार उनी घरको तल रहेको एउटा रुखमा खसेका कारण बचेको डाक्टरहरुले बताएका छन् । बालक गम्भीर रुपले घाइते भएका छन् । उनको उपचार भइरहेको छ र अवस्था स्थिर छ । गम्भीर रुपले घाइते ती बालक घरमा हजुरआमासँग थिए । उनका मातापिता अर्को शहरमा जागिर गर्थे । हजुरआमा खाद्यान्न लिन घरबाहिर गएको बेला बालक खेल्दाखेल्दै तल खसेका थिए ।

प्रतिकृया दिनुहोस्