Sunday, October 25

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ बर्षको उमेरमा निधन

July 13, 2020 72

एजेन्सी, २९ असार । नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ ।डेनमार्कमा दक्षिण अफ्रिकी राजदूतको रूपमा सेवा गरिरहेकी उनको आइतवार राति जोहानेसबर्गको अस्पतालमा मृत्यु भएको हो ।उनले आफ्नो पति चार बच्चाहरु जोलेका, जोन्डवा, बमबाथा र जेव्लाबोलाई छोडेर यो संसारबाट विदा भएकी छन् । जिन्दजी एक रंगभेद विरोधी कार्यकर्ता थिए । उनले २०१४ देखि डेनमार्कका राजदूतको रूपमा सेवा गरिरहेकी थिइन् ।उनको मृत्युको कारणको विवरण भने हाल अस्पष्ट छ । उनको छोरा लाला एनगो छोला माडोलोमो भन्ने क्याप्सन पोस्ट गरेका थिए , जसको अंग्रेजीमा ‘स्लीप इन पीस मैडम’ भन्ने अर्थ दिन्छ ।

आफ्ना महान पिता एवं विश्वका चर्चित पात्र नेल्सन मण्डेलको निधन भएको ७ बर्ष पछि जिन्दजीले पनि धर्ती छोडेकी छन् ।

प्रतिकृया दिनुहोस्