Sunday, October 25

काठमाण्डू उपत्यकामा २०० सहित ७०७ थप सङ्क्रमित, छ जनाको मृ्त्यु

August 20, 2020 89

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ७०७ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २९,६४५ पुगेको छ।

बिहीवार पुष्टि भएका मृतकहरू पर्सामा एक महिलासहित तीन जना, काठमाण्डूमा एक महिला र मकवानपुर एवम् सप्तरीमा एक-एक पुरुष हुन्।

अहिले देशभरि ११,५५५ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

निजी अस्पतालले सहयोग नगरे अदालत जाने प्रदेश सरकारको चेतावनी, सञ्चालक के भन्छन्
काठमाण्डू उपत्यकामा बुधवार मध्यरातबाट के-केमा रोक लाग्दैछ
सङ्क्रमितहरूमध्ये ३,७७२ जना घरमै र बाँकी ८,०८३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

सक्रिय सङ्क्रमितमध्ये १२९ जना सघन उपचार कक्षमा र काठमाण्डूमा सात जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू काठमाण्डूका १७४ जना, सर्लाही ९३ जना, पर्सामा ५५ एवम् अछाम र धनुषामा ३१-३१ जना रहेका छन्।

ललितपुरका १८ र भक्तपुरका आठ गरी बुधवार काठमाण्डू उपत्यकामा २०० जना सङ्क्रमित थपिएका छन्।

कोरोनाभाइरस ब्यानर

कोरोनाभाइरस ब्यानर
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा ११,८३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा २६४ जना भाइरसमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म १७,९६४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा ११,७६८ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

 

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
के हो? वास्तवमा के हो कोरोनाभाइरस
कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
भिडिओ: हात यसरी धुनुपर्छ
भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

प्रतिकृया दिनुहोस्