Saturday, October 24

ससुराली गई फर्कने क्रममा खोलाले बगायो भीमलाई, ८ सय मिटर टाढा भेटियो शब

August 20, 2020 102

काभ्रेपलान्चोक, ४ भदौ- धुलिखेल नगरपालिका-२ थिङगाउँ बस्ने ४५ वर्षीय भिम लाल तामाङको खोलाले बगाई बिहीबार बिहान मृत्यु भएको छ । बुधबार मिटिङ छापस्थित ससुराली गई फर्कने क्रममा सोही ठाउँस्थित थिङखोलाले बगाएका उनी घटनास्थलबाट करिब ८ सय मिटर टाढा मृत फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्रकको ठक्करबाट पदैलयात्रीको मृत्यु- काठमाडौं महागरपालिका-३२ जडीबुटी आकासे पुलस्थित सडकमा ना।६ ख २९१७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-७ बस्ने ४४ वर्षीय धन बहादुर कार्कीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्