Wednesday, October 21

विश्वभरिबाट छानिएका साताका उत्कृष्ट तस्बिरहरू

August 22, 2020 107

विश्वभरिबाट छानिएका साताका उत्कृष्ट तस्बिरहरू हेर्नुहोस्

जीसीएसई नतिजा

जीसीएसई नतिजातस्बिर स्रोत,JACOB KING / REUTERS
तस्बिरको क्याप्शन,
जीसीएसई नतिजा आएपछि खुशी व्यक्त गर्दै ब्रिटिश विद्यार्थीहरू, शिक्षकहरूले दिएको ग्रेड अन्तिम समयमा आएर थाती राख्ने निर्णयसँगै उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्यामा नाटकीय रूपमा वृद्धि देखिएको छ

स्टिभ बेनन

1px transparent line
स्टिभ बेननतस्बिर स्रोत,ANDREW KELLY / REUTERS
तस्बिरको क्याप्शन,
ह्वाइट हाउसका पूर्वप्रमुख रणनीतिकार स्टिभ बेनन म्यानह्याटन फेडेरल कोर्टबाट एउटा मुद्दाको सुनुवाइपछि बाहिरिँदै, उनीमाथि सम्पत्ति शुद्धीकरण लगायतका आरोप लगाइएको छ।

भारत

1px transparent line
भारततस्बिर स्रोत,RUPAK DE CHOWDHURI / REUTERS
तस्बिरको क्याप्शन,
भारतको कोलकत्तामा गणेश चतुर्थीअघि निस्सङ्क्रमण गर्दै एक कर्मचारी, भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दो छ।

श्रीमती जिल र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग जो बाइडन

1px transparent line
श्रीमती जिल र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग जो बाइडनतस्बिर स्रोत,KEVIN LAMARQUE / REUTERS
तस्बिरको क्याप्शन,
विस्कन्सिनमा डेमोक्र्याटिक न्याशनल कन्भेन्सनको अन्तिम राति राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडन आफ्नी श्रीमती जिल र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग।

ट्रम्प समर्थक

1px transparent line
ट्रम्प समर्थकतस्बिर स्रोत,KEREM YUCEL / AFP
तस्बिरको क्याप्शन,
मिनेसोटामा राष्ट्रपति डोनल्ड ट्रम्पको भाषण सुन्दै मुकुन्डो लगाएका एक समर्थक, रिपब्लिकन पार्टीको न्याशनल कन्भेन्शनमार्फत् ट्रम्पले उम्मेदवारी दिने प्रस्ताव स्वीकार्ने अपेक्षा गरिएको छ।

ब्रिटेन

1px transparent line
ब्रिटेनतस्बिर स्रोत,PETER CZIBORRA / REUTERS
तस्बिरको क्याप्शन,
एसेक्सको ग्रेजस्थित हलिवूड बाउलमा बल सफा सफा गर्दै एक कर्मचारी, यूकेमा लकडाउन खुकुलो पारिएपछि क्यासिनो र अन्य केही मनोरञ्जन स्थलहरू खुल्न थालेका छन्।

ओल्ड बेली

1px transparent line
ओल्ड बेलीतस्बिर स्रोत,STEFAN ROUSSEAU / PA MEDIA
तस्बिरको क्याप्शन,
ब्रिटेनको म्यानचेस्टर एरिना बमकाण्डमा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू ओल्ड बेलीमा, २२ जनाको ज्यान जाने गरी सन् २०१७ को मे २२ मा हमला गरेको अभियोगमा हासिम अबेदीलाई अदालतले ऐतिहासिक ५५ वर्षको न्यूनतम सजाय सुनाएको छ।

आदिवासी

1px transparent line
आदिवासीतस्बिर स्रोत,LUCAS LANDAU / REUTERS
तस्बिरको क्याप्शन,
कोरोनाभाइरस सङ्क्रमणविरुद्ध भन्दै आदिवासीहरूको भूमिमा सरकारले चालेका कदमको विरोमा ब्राजिलका कयापो आदिवासीहरूले बीआर १६३ राजमार्ग अवरुद्ध गरेका थिए।

पर्यटक

1px transparent line
पर्यटकतस्बिर स्रोत,MARIO TAMA / GETTY IMAGES
तस्बिरको क्याप्शन,
क्यालिफोर्नियास्थित डेथ भ्याली न्याशनल पार्कस्थित फर्नेस क्रीक भिजिटर सेन्टरमा तस्बिर खिचाउँदै पर्यटक, अगस्ट १६ तारिखमा त्यहाँ पृथ्वीकै सबैभन्दा उच्च तापक्रम ५४.४ सेल्सियस मापन गरिएको थियो।

एउटा मूर्तिसँगै उभिएकी एक कर्मचारी

1px transparent line
एउटा मूर्तिसँगै उभिएकी एक कर्मचारीतस्बिर स्रोत,DOMINIC LIPINSKI / PA MEDIA
तस्बिरको क्याप्शन,
कोरोनाभाइरस महामारीबीच सङ्ग्रहालय पूर्ण रूपमा पुनः खुल्नुअघि मार्क क्वीनले बनाएको एउटा मूर्तिसँगै उभिएकी लन्डनस्थित द साइन्स म्युजियमकी एक कर्मचारी।

प्रतिकृया दिनुहोस्