Monday, October 19

राजधानीमै चिकित्सक बसेका घर टोलबासीले घेरे !

August 22, 2020 196

काठमाडौं, ६ भदौ । केन्द्रीय राजधानी काठमाडौंको बानेश्वरस्थित मिलनचोकका स्थानीयबासीले डाक्टर तथा स्वास्थ्यकर्मीहरु बासेका घरलाई घेराउ गरेका छन् ।

शनिबार विहानै मिलनचोकका स्थानीयबासीले होस्टल सञ्चालकलाई गाली–गलौज गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई नराख्न भन्दै धम्क्याएका हुन् ।

 

करिब ६० जनाको स्थानीयबासीको टोलीले ‘लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल’का सञ्चालक रोहित रानालाई धक्याउँदै घर घेराउ गरेका हुन् । उक्त होस्टलमा सिभिल अस्पतालमा काम गर्ने ४ जना स्वास्थ्यकर्मीहरु बस्दै आएका थिए ।

सञ्चालक रानाका अनुसार बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयबासीको टोलीले अनुमति बिना किन स्वास्थ्यकमहरुलाई होस्टलमा राखेको ? भन्दै धम्की दिएका हुन् ।

 

शनिबार विहानै आएको उक्त टोेलीले हुलदंगा गर्न खोजेको, घर घेराउ गरेर धम्की दिएको र आफूलाई दुव्र्यवहार गरे गरेको गुनासो गरे । त्यसोत, यस अगाडि पनि स्वास्थ्यकर्मीबाट कोरोना भाइरस सर्न सक्ने भन्दै विभिन्न ठाउँमा दुव्र्यवहारको घटना सार्वजनिक हुँदै आएका छन् ।

यता सरकारले भने कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार नगर्न आग्रह गर्दै आएको छ । साथै, दुव्र्यवहार गरेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनी समेत दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्