Saturday, January 23

एक दम्पत्तिको हत्या गरी १४ वर्षसम्म लुकेका अभियुक्त भारतबाट पक्राउ

July 13, 2020 231

काठमाडौं । चौध वर्षअघि काठमाडौंको सीतापाइलामा एक दम्पत्तिको हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। भारततबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

काठमाडौं सीतापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या भएको थियो। सोही मिलमा काम गर्ने सर्लाहीका जय किशोर साह र बाँकेका प्रताप रानालाई केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

उनीहरुले धारिलो हतियार प्रहार गरी ति दम्पत्तिको हत्या गरेर फरार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई भारतीय प्रहरीसँग समन्वय गरी सुराकी परिचालनबाट पक्राउ गरेको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार उनीहरुले आफैले काम गरिरहेको मिलका मालिकले काम बिगारेकोमा गाली गरेको विषयलाई लिएर सोको बदला लिन सुवेदी, उनकी श्रीमति र छोरालाई धारिलो हतियारले प्रयोग गरेका थिए।

दम्पत्तिको त्यहीबेला मृत्यु भएको थियो भने छोरा भने बाँच्न सफल भएका थिए। ‘आक्रमण गर्ने दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊ गई दुई वर्षसम्म सँगै बसेको र प्रताप राना त्यसपछि अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतमा काम गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्