Saturday, October 24

उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

August 24, 2020 118

काठमाडौं । शनिबार उपत्यकामा २२४ सहित देशभर ७४३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ७४३ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा। गौतमका अनुसार काठमाडौं जिल्लामा १७७ जना, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जना गरी काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३२ हजार ६७८ पुगेको छ।

हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १७५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। गत २४ घण्टामा १० हजार २३४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्