Wednesday, October 21

छोराको जीवन बचाइदिन बिन्ती

August 24, 2020 95

काठमाडौं । तीनवर्षे बालकको ब्रेन–ट्युमर हटाउन साना–ठूला गरी १० पटक शल्यक्रिया गराएका बाबु श्रीधर कपालीआर्थिक रुपले स्रोत–साधनविहीन भएपछि सार्वजनिक रुपमा सहयोगको याचनागरिरहेका छन् ।

‘डेढ वर्षअघि छोरा उठेर दुई–तीन पाइला हिड्न खोज्थ्यो, तर लडिहाल्थ्यो,मनमा लागेन कि कहिले मेरो छोरा विरामी छ, यति ठूलो बिरामीकि, मैले थेग्नै नसक्ने गरी होला भनेर । हामीलाई लाग्थ्यो कि सबै बच्चाहरु यस्तै होलान्, तर त्यसो भएन, उसलाई ब्रेन–ट्युमर भएको रहेछ’ काठमाडौंस्थित कालिमाटी निवासी श्रीधरले आँखाभरि आँसु पार्दै न्युज अफ नेपाललाई बताए । कालिमाटी जस्तो व्यापारिक महत्वको ठाउँमा बसोवास भए पनि श्रीधर सामान्य परिवारका व्यक्ति हुन् । तर, छोराको उपचार गराउँदा उनी घरबार विहीनको अवस्थामा पुग्दैछन् ।

 

‘सम्पत्ति सिद्धिदो रहेछ, तर आँखामा आँसु र मनको माया कहिल्यै सकिंदो रहेनछ’ विरामी छोरा विशिष्ट कपालीका बाबुले आँसु पुछे, गला अवरुद्ध बनाए । डेढ वर्ष अघि बालक विशिष्ट हिड्ने अनि लड्ने भएपछि अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल लगेर जचाएँ, अस्पतालमा जँचाएपछि थाहा भयो– ‘उनलाई ब्रेन–टुयुुमर रहेछ,’ श्रीधरले बताए ।

प्रतिकृया दिनुहोस्