Monday, October 19

दाजुभाई मिलेर ६ वर्षकी बालिकालाई गोठमा लगे त्यसपछि….

August 26, 2020 126

काठमाडौ । सिन्धुलीमा एक ६ वर्षकी बालिकालाई दुई दाजुभाईले अनैतिक काम गरेका छन् । अनैतिक काम गरेको अभियोगमा सिन्धुलीका दुइ दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । १५ र १७ वर्षका एकै परिवारका दाजुभाईले दुधौली नगरपालिका वडा नं। १३ की बालिकालाई अनैतिक काम गरेका हुन् । प्रहरीले उनीहरुलाई सोमवार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

आइतबार दिउँसो कोहि नभएको अवस्था पारी घर नजिकै रहेको गोठमा लगेर दुई दाजुभाईले बालिका माथि अनैतिक काम गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । लाका प्रहरी कार्यालय डकाहाले उनीहरुलाई पक्राउ गरि मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएको हो ।

गम्भिर अवस्थाकी बालिकालाई उपचारका लागि स्वास्थ्य परिक्षण र उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले बालिकाको तर्फवाट उनका परिवारले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन् । उनका अनुसार अभियुक्त बालकहरुलाई हिरासतमा रहेको बालबालिका कक्षमा राखि अनुसन्धान सुरु गरिएको छ । बालिकालाई दाजुभाईले धेरै पटक अनैतिक काम गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्