Thursday, October 22

मोरङको बेलबारीमा ‘ग्याङ फाइट’ हुँदा एकको मृत्यु , तीन घाइते

August 28, 2020 176

विराटनगर, १२ भदौ । मोरङ बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा ग्याङ फाइट हुदाँ एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जाएको छ ।

शुक्रबार दिउँसो स्थानीय दिनेश श्रेष्ठको समुहले खुकुरी प्रहार गरी घाइते भएका चन्द्र कुमार राइको विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँले घटनामा परि घाइते भएका तीन जना सइकुमार राई , समुद्र राई र गौरव राईकोे सोही अस्पतालमा उपचार भइरहेको बताउनु भएको छ ।

दुवै पक्षबीच बिहीवार साझ मदिरा सेवन गरि सामान्य वादविवाद भएको र शुक्रबार विहान कसेनी पुलमा ग्याङ् फाइट भएको प्रमुख खड्काले बताउनु भयो । बेलबारी ५ कसेनी स्थित लोहन्द्रा पुलमा सोही स्थानका जितेन चौधरी, दिनेश श्रेष्ठ र सन्तोष मगरले धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने जितेन चौधरी पनि घाइते भएकाले उनको पनि उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

 

घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको छ भने घटनामा संलग्न दिनेश श्रेष्ठ, बिक्रम राई र सन्तोस मगर लगायत फरार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालको नेतृत्वको टिमले फरार भएकाहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्