Thursday, October 29

इन्धन बोक्ने ट्याङकर बिस्फोट

August 29, 2020 68

१२ भदौ, विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोेट भएको छ ।

बुधबार बेलुका निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर विष्फोट भएको हो । बिष्फोटका कारण नजिकै रहेका घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

 

ट्याङकर नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट नजिकै रहेको राम अवतार मोटर्स ग्यारेजमा राखिएको थियो ।

ट्याङकरमा इन्धन नभएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

नेपाल आयल निगम विराटनगरका सूचना अधिकारी दिवस विष्टले विष्फोटको विषयमा कार्यालयलाई आधिकारिक जानकारी नआएको बताए ।

प्रतिकृया दिनुहोस्