Sunday, October 25

सज्जाले उपाधि चुम्नु केही मिनेट मात्रै अघि नेपाल आइडलका एक सदस्यलाई कोरोना लागेको थाहा भएपछि

August 29, 2020 152

काठमाडौं । नेपाल आईडल सिजन ३ को ग्राण्ड फिनाले सकिनै लाग्दा एक सदस्यलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यक्रम अन्तिम समयमा आएर केही बेर प्रभावित बन्न पुग्यो ।

ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त भए लगत्तै प्रतियोगीताका सबै सदस्यहरु आइसोलेसनमा जानुपर्ने भएका कारण अन्तिम समयमा आएर कार्यक्रम प्रभावित भएको हो । टेलिभिजन तथा युट्युवमा लाइभ हेरिरहेका बेला कार्यक्रममा एक्कासी विज्ञापन आउँछ ।

विज्ञापन लगत्तै न कार्यक्रम प्रस्तोता देखिन्छन् न त प्रतिस्पर्धी र जजहरु नै । कार्यक्रमको समापन गर्दै अन्न्पूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले सज्जाले उपाधि जितेको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्