Thursday, October 29

भक्तपुरमा दुध बिक्री नभएपछि ३०० लिटर दुध सडकमा फ्याकियो

August 30, 2020 33

भक्तपुर । भक्तपुरको अरनिको राजमार्गको सुर्यविनायक चोकको सडकमा शनिवार दूधको कुलो बग्यो । निषेधाज्ञाका कारण दूध विक्री हुन छोडेपछि मुख्य सडकमा दूध पोखाएका हुन् । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो ।

 

निषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सूर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले बाध्य भएर सडकमा फ्याक्नु परेको बताए ।

किसानबाट नियमित संकलन गरेको दूध निषेधाज्ञाका कारण ग्राहक अभावमा बिक्रि नभएपछि सडकमा फ्याक्न बाध्य भएको सञ्चालकको भनाइ छ ।

 

निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा अहिले बिहान ९ बजेसम्म दूध तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइन्छ । तर सुर्यविनायक चोकमा बिहानदेखि नै मान्छे हिड्डुलमा कडाई गरेकोले ग्राहक आउन छाडेपछि दूध बिक्रि नभएको सञ्चालकले बताए ।

 

प्रतिकृया दिनुहोस्