Saturday, October 24

संखुवासभा केन्द्र बनाएर भूकम्पको धक्का

September 4, 2020 144

संखुवासभा- आज बिहान संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्