Tuesday, October 20

विदेशबाट फर्केका आफ्नै साथीको ज्या’न लिए लिम्बुले

September 5, 2020 79

झापा – झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको ज्या’न लिएको आ’रोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी घटना घटाएको प्रहरीले जनाएको छ ।

दुवैबीच लेनदेन वि’वाद रहेको कारण यस्तो गरेको खुल्न आएको छ । घटना हुने दिन साँझतिर हावा खा’न जाऔँ भनी मृ’तककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गु’डिरहेको मोटरसाइकलमै पछाडिबाट ज्या’न लि’एको अभियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार प’क्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रहरीले घटनास्थल वरपरबाट मृ’तकले चलाएको मोटरसाइकल, आइफोन, र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ । प’क्राउ परेका लिम्बू र मृत्तक मगर मिल्ने र नजिकका साथी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नयाँ फोन नम्बरबाट फोन गरेर मगरलाई लिम्बूले भेट्न बोलाएका थिए । तर मगरको श’व बुधबार बिहान करिब १० बजे शिवसताक्षी ११ सताक्षीधाम जाने भित्री सडकमा भेटिएको थियो । सूचना पाए लगत्तै प्रहरीले विशेष टोली बनाएर घटनाको अनुसन्धान थालेको थियो ।

पक्राउ परेका लिन्बु
लिम्बूले चलाउने मोबाइल फोन तथा ह त्यामा प्रयोग गरिएको क’र्द खोलामा फा’लेको र पछि प्रहरीले स्काभेटर प्रयोग गरेर ती सामान बरामद गरेको थियो । लिम्बूले चलाउने गरेको मोटरसाइकल पनि जं’गलमा ल’डेको अवस्थामा भेटिएको थियो ।

ज्या’न लिएको अभियोग लागेका लिम्बूलाई आइतबार जिल्ला अदालत झापाबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । लिम्बू ज्या’न लिएको प्रमाणित भए मुलुकी फौ’ज’दारी सं’हिता २०७४ को परिच्छेद १२ ज्या’न स’म्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कै’दसम्मको सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो पनि : आठ घण्टा लाम बस्दा पनि कृषकले मल पाएनन्

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाएनन् ।

“मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भने, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरे । उनले कसैले ३५÷४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताए ।

कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसे । दिनभर लाइनमा बस्दा पनि उनले मल पाएनन् । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भने, “भोलि पनि आएर पाउने निश्चित छैन ।” केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भने , “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।” उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उनले प्रश्न गरे ।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताए । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए । “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उनले भने ।

दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए । उनले भने , “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।”

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन ।

यो पनि : प्रकृतिमाथि प्रविधिको प्रहार ः सङ्कटमा ग्रामीण क्षेत्र

वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै गएको छ ।

हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक, चुनावी प्रतिबद्धता तथा स्थानीयको मागका आधारमा सडक विस्तार भइरहेको छ । सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्याङ्कन गरिन्छ न त दक्ष प्राविधिकको राय लिइन्छ । पश्चिम र उत्तरी म्याग्दीमा गत असारयता गएका पहिरो र भएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावि खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेको व्यक्तिको भनाइ रहेको छ । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार दीगो विकासका न्यूनतम मापदण्ड पालन नगरी ठूला उपकरणको प्रयोग गरेर सडक खनिदा वर्षेनी बाढी र पहिराको प्रकोप बढ्दै गएको हो ।

वातावरणविद् सापकोटाले भने, “मानवीय क्रियाकलाप नै बाढी पहिराको प्रमुख कारण हो, यहाँको भूगोल पनि अत्यन्त कमजोर हुनु, भीरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।” सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भएपनि निर्माण गर्दा केही निश्चित सर्तहरु पालना गर्नै पर्छ । ग्रामीण क्षेत्रका अधिकांश भूभागहरु भिरालो भएकोले त्यहाँ सडक खन्दा साना र हलुका इक्युभमेन्टको प्रयोग गर्नुपर्दछ । तर सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभी इक्युपमेन्ट प्रयोग गर्दा त्यसले जमीन खल्बलाइ दिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।

त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षरोपण गर्ने, फिलिङ गर्ने, सडकको कटिङ गर्दा प्राविधिक सल्लाह लिनुपर्छ । ग्रामीण सडकमा न्यूनतम मापदण्ड पूरा नगरिएको उनको भनाइरहेको छ । त्यस्तै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीन वटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकाले यहाँको माटो बलौटे हुँदा बाढी र पहिराको उच्च जोखिममा रहेको बताए ।
उन ले जथाभावी खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनास भएता पनि म्याग्दीको हकमा भने वन क्षेत्र नघटेको र यसले वन पैदावर र जङ्गली जनावरलाई क्षति नपुगेको तर्क गरे ।

वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामिण क्षेत्रमा कृषि, जडिबुटी, बुट्यान र रुख विना प्रयोजन नष्ट गरिएकोउनको भनाइ थियो । त्यसैगरी जैविक विविधतामा ह्रास आउनुका साथै प्रविधिको प्रयोग गरी खनिएका सडकमा वातावरणीय अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

त्यसैगरी वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भिरालो भूगोल, कमजोर भूवनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारण क्षति भएको बताए । उन ले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्य, वनजङ्गलको विनाश, जनचेतनाको कमी आदि मानवीय कारणले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक वर्ष बाढी र पहिरोको चपेटामा परी धनजनको क्षति हुँदै आएको छ भने ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना विसं २०७४ देखि शुरु भएको हो । त्यससमय आयोजनाका इञ्जिनीयर र प्राविधिकको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी—जोमसोम सडकको विभिन्न स्थानमा सालैपिच्छे बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनुपर्ने हुन्छ ।

बेनी—जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढीपहिरो र नदी कटानले वनजङ्गलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए ।

प्रतिकृया दिनुहोस्