Wednesday, October 28

यि हुन् ६५ वर्षीय बृद्धको टाउको काटेर झोलामा टाउको बोकेर प्रहरी चौकी जाने धादिङका २६ वर्षीय राजु

September 5, 2020 187

काठमाडौँ – धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको ज्यान लिएका छन्। २६ वर्षीय राजु परियारले ६५ वर्षीय सोम बहादुर गुरूङको ज्यान लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ति व्यक्तिले आवेशमा आएर परियारले गुरूङको ज्यान लिएको र बिहीबार राती नै टाउको बोकेर प्रहरी कार्यालय पुगेर आत्मसमपर्ण गरेको बताइएको छ ।

घटना बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका(१३ खलचेत भन्ने ठाँउमा भएको र घटना घटाउनेले खुर्पा सहित आत्मसमर्पण गरेको बताइएको छ । प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्