Sunday, October 25

राष्ट्रपतिले इच्छामृत्युको स्वीकृति नदिएपछि फेसबुकमा आफ्नै मृत्युको लाइभ प्रसारण

September 6, 2020 127

काठमाडौं। फ्रान्सको डिजोन शहरका ५७ वर्षीय अलाइन कोक उपचार हुन नसक्ने रोगबाट ग्रसित छन् । उपचार नपाएपछि उनले राष्ट्रपति इमानुएन म्याक्रोनसँग इच्छामृत्युको अनुमति दिन अपिल गरेका थिए । तर, राष्ट्रपतिले कोकको माग खारेज गरिदिए । कोकले अब खान पिउन छोडिदिएका छन् । यसका साथै शनिबार बिहानदेखि उनले फेसबुकमा आफ्नो मृत्युको लाइभ प्रसारण सुरु गरेका छन् । यद्यपि फेसबुकले भने उनले गरेको लाइभ प्रसारण रोक्ने बताएको बीबीसीले जनाएको छ ।

कोकले भने ‘म एक हप्ताभन्दा धेरै बाँच्दिन । समय बित्दै जाँदा मलाई बेचैनी भइरहेको छ ।’ कोकले राष्ट्रपतिलाई चिठीमा लेखेका थिए ‘म यस्तो रोगबाट ग्रस्त छु जसको उपचार हुन सकिरहेको छैन । मेरो असहनीय पीडालाई शान्त गर्नको लागि केही यस्तो चीज दिइयोस् जसबाट म शान्त भएर मर्न सकुँ ।’ पत्रको जवाफमा राष्ट्रपति इमानुएम म्याक्रोनले भनेका थिए ‘फ्रान्सको अनुनअनुसार मलाई यसको अनुमति छैन किनकि म कानुनभन्दा ठूलो छैन । त्यसैले मैले तपाइँको अपिल मान्न सक्दिन ।’

राष्ट्रपतिको जवाफ पाएपछि कोकले शुक्रबार आफ्नो मृत्युको लाइभ स्ट्रिम गर्ने घोषणा गरेका थिए र शनिबार लाइभ सुरु पनि गरे । यसबारे कोकले भने ‘आफ्नो मृत्युको लाइभ स्ट्रिमिङको माध्यमबाट म मानिसहरुमा जागरुकता ल्याउन चाहन्छु । रोगसँग जुधिरहेका मानिसहरुको पीडालाई बाहिर ल्याउन चाहन्छु ताकि उनीहरुले इच्छामृत्युको अनुमति पाउन सकुन् ।’ फ्रान्स ती युरोपेली देशहरुमध्येको एक हो जहाँ इच्छामृत्युको अनुमति छैन । कोकले आफ्नो यो कदमले फ्रान्सको कानुन परिवर्तन गर्ने बाटो खोल्ने अपेक्षा गरेका छन् ।

प्रतिकृया दिनुहोस्