Saturday, October 24

चर्चित नायक अर्जुन कपुरलाई पनि कोरोना संक्रमण

September 6, 2020 46

काठमाडौँ । चर्चित नायक अर्जुन कपुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भए लगत्तै नायक अर्जुनले सामाजिक सञ्जालमार्फत आँफुमा संक्रमणको पुष्टि भएको जानकारी गराएका छन् ।

निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङका क्रममा विभिन्न स्थालमा हिँडिरहेका अर्जुनलाई लक्षण भने नदेखिएको बताइएको छ ।

लकडाउनपछिका दिनमा पनि प्रेमीका मलाइका अरोरासँग हिमचिम बढाइरहेका अर्जुनलाई संक्रमण पुष्टि भएपछि मलाईकाले पनि परिक्षण गरेको बताइएको छ । तर उनको नतिजा आए नआएको भने समाचारमा उल्लेख गरिएको छैन ।

 

प्रतिकृया दिनुहोस्