Sunday, October 25

ललितपुरका मेयरको टाउको काट्ने अभिव्यक्ति दिने शाक्य पक्राउ

September 6, 2020 218

२१ भदौ, काठमाडौं । पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्ने थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपराध महाशाखाले ललितपुर घर भएका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो ।

गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

 

शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका शाक्यलाई अपराध महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर बुझाएको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी भएकइ छ ।

शाक्यसहित पुल्चोकको घटनाम पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्