Wednesday, October 21

जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला !

September 8, 2020 209

काठमाडौं:-“जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न नसके स्वरुप एक सेयर अबश्य गर्नु होला” जिन्दगीमा एकपटक पुग्नै पर्ने मन्दिर ,सायद भन्दा खेरी हजुर हरुलाई बिश्वास लाग्दैन होला, तर यस मन्दिरमा आयर मागेको वर पूरा हुने बिस्वाश गरिन्छ।

बारीपारी घना जंगल, ३ नदीको संगम अनि बिचमा मनै लोभ्याउने मन्दिर । यो तस्वीर हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ ।

२०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा तेत्तिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ । बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन ।

अहिले पनि सो मन्दिरमा गुल्मी,अर्घाखाँची,बाग्लुङ,पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्ला हरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला “‘हेर्नुहोस यो भिडियो

यो पनि पढ्नुहोस : फोर्ड र वालकरको कथा एवं नेपालमै रोजगारीका उपाय।

राष्ट्र पति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कोरोनाको महामारीले मुलुक आक्रान्त बन्दै गर्दा एकातर्फ स्वदेशमै रोजगारीको अभाव हुन गएको र अर्कोतर्फ विदेश गएका उल्लेख्य नेपाली फर्किने सम्भावना रहेको यथार्थता अघि सार्नु भएको छ।

बेरोजगारलाई लक्षित गर्दै गुमेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगार बनाउनका लागि कृषि, बन, हर्बल आदिमा उद्यमशीलताको अवसरको अधिकतम उपयोग गरिने सरकारको नीति घोषणा गरिएको छ । विदेशमा रोजगारी गरेर फर्केका दक्ष युवा युवतीहरुलाई नेपालमै उद्यमशील बनाउन सुरुवाती पुँजी उपलब्ध गराउने योजना अन्य योजनासँगै अघि सारिएको छ।

सरकारले हाल उच्च प्राथमिकतामा राखेको विदेशबाट फर्केका, नेपालमै बेरोजगार बनेका र निजी क्षेत्रको लगानी कृषि तथा बन उद्योगमा आकर्षित गर्न कृषि र बनबाट आउने उत्पादनलाई स्थानीय स्तरमै खपत भइरहेको खाद्य, खाद्य सप्लिमेन्ट, प्राकृतिक सौदर्यका सामग्री, औषधि, जटिबुटी, आयुर्वेदिक र अन्य दैनिक जीविकाका पदार्थ उत्पादन गर्ने कच्चा पदार्थमा परिवर्तन गर्ने प्रविधि, सीपमुलक तालिम, प्रडक्टको फर्मुलेसन विकास गर्न र स्वरोजगारमुलक उद्यमशीलतामा जानको लागि जरुरी हुने बडी अफ नलेज, प्रयोगात्मक ज्ञान प्रदायक दक्ष संस्थाहरुको जरुरत पर्ने छ।

हाम्रा मुलुकका युवाहरू किन अन्य मुलुकको तुलनामा नगण्य स्वरोजगार छन्? दातृ संस्थाहरूको ऋण सहयोग समेत लिएर स्टार्ट अप कम्पनीहरू खोल्न र खोलेका लाई उत्प्रेरकको भूमिका दिने भनी खोलिएका निकै ठूलो लगानीका योजनाहरू योजनाकाल भरी अलि धेरै तलब आउने जागिर खाने अखडा र स्थानीय स्तरमा हस्तान्तरणपछि अवकाशप्राप्त कर्मचारीहरूलाई यसो अल्झिने र घाम ताप्ने बदाम खाने स्थानमा परिवर्तित बने? लगानीको लगभग शून्य प्रतिफल मात्र दिन सके ? यो प्रश्न नेपालमा कहिल्यै कसैले उठाएन। उल्टो भनियो हामीले त प्रयास गरेकै हो। तर के गर्नु नेपालमा एक त वातावरण नै छैन । घुमाउरो पारामा यहाँका युवाहरूमा उद्यमशीलतातर्फ जाने न त योग्यता, न त कागजी डिग्री नै रहेकोतर्फ इंकित गरिए।

संसारमा हाल सम्म अस्तित्वमा आएका धेरै व्यवसायहरू मध्ये सबैभन्दा उत्कृष्ट व्यवसाय दिन सफल बनेका व्यक्तिहरूको जीवनी र उनीहरू कसरी त्यो उत्कृष्ट व्यवसायको विकास गर्न सके भन्नेबारे पुनरावलोकन गरेर हेर्दा सफल व्यवसायीमा हुनुपर्ने अनिबार्य खुबी भनेको उनीहरू परिचित रहेको समाजमा विद्यमान रहेको कुनै एक वा धेरै समस्याहरू सँग उनीहरू परिचित रहनु पर्ने र त्यो समाधान गर्न उनीहरूको अन्तर मनमा हुटहुटी जागृत हुनुपर्ने भन्ने देखिन्छ।

उदाहरणको लागि संसारलाई ठूलो संख्यामा हिँड्ने मिसिन जसलाई हामी मोटरकार भन्ने गर्छौ त्यो बनाइदिने हेनरी फÞोर्डको औद्योगिक यात्राबारे पुनरावलोकन गरौँ । उनी एक सामान्य किसानको घरमा जन्मे । पढेर इन्जिनियर बने । उनलाई एडिसन इलुमिनेटिङ्ग कम्पनीले काम दियो । जति बेला उनी कृषि फार्ममा काम गर्थे, सवारीमा यात्रा गर्ने भन्ने कुरो धनी सम्भ्रान्त वर्गको मात्र पहुँचको कुरो थियो।

उनलाई आफ्नो पिताजस्तो गरिब घरानाले समेत किनेर चढ्न सक्ने सवारी बनाएर त्यसमा बसी फुर्सदको बेला घुम्न सक्ने सवारी सुविधा सबैलाई उपलब्ध गराउन तीव्र इच्छा थियो।आकर्षक इन्जिनियरको जागिरले उनलाई सन्तुष्टि दिएन । अन्ततः उनको भित्री मनदेखि खड्केको समस्याको समाधान गर्ने क्रममा फÞोर्ड मोटर कम्पनीले जन्म लियो।

मुलुकले समग्र विकास र वर्तमान समस्याबाट मुक्ति प्राप्त गर्न गैरआवासीय नेपालीहरू सँग अपेक्षा गरेकोले आशा र भरोसाको पूर्ति गर्ने सबैभन्दा उत्तम विकल्प जतिसक्दो चाँडो नेपालको हरेक प्रदेशमा कम्तीमा एउटा स्वरोजगार मुखी तालिम उपलब्ध गराउने व्यवहारिक तालिम केन्द्रहरू खडा गर्न उत्तम हुने छ।दक्षिण अमेरिकामा अफ्रिकाबाट ल्याइएकी एक दासको छोरी आफ्नो पालन पोषणको क्रममा बाल्यकालमा हुन गएको चरम कुपोषण तथा थोरै हुर्के पछिको आफ्नो दैनिकीको तनावको कारण कपाल छोटो र पातलो हुने समस्याले ग्रसित बनिन्। पैसा कमाउन आकर्षक झुट बोली व्यापार गर्ने एक फिरन्ते व्यापारीले दिएको कपाल पलाउने औषधि भनी विश्वासमा परेर आफूलाई थाहा नभएको नक्कली औषधिले उनको कपाल झरी उनी नराम्ररी कुरूप बनिन्।

नचिनेको नजानेको फटाहा व्यपारीको फन्दामा परेकी उनले आफैले सोधखोज र अनुसन्धान गरी कपालमा लगाउने टनिकको विकास गरिन्। आफैले विकास गरेको कपालको टनिकले उनले आफ्नो कपालको सफलतापूर्वक उपचार गरिन्। उनको नयाँ पलाएको कपाल देखेपछि उनको चिनजानमा रहेका र उनीहरूको साथीहरुले समेत उक्त औषधी माग्न थाले। उनको घर घरमा गएर औषधि बेच्ने क्रम पछि गएर एक व्यवसायमा परिवर्तन भयो।

१९१९ मा जब उनको देहान्त भयो, त्यो बेला उनी अमेरिकाको पहिलो महिला मिलिनियर बनिसकेको थिइन्। उनी यानेकी सी.जे. वालकर सबैभन्दा धनी अफ्रिकी अमेरिकन व्यापारी बनिसकेकी थिइन्। उनको समयमा एक त पुरुषद्वारा नियन्त्रित समाजको महिला, त्यो पनि पिछडिएको वर्ग, सबैको हेलत्वमा पर्ने दासकी छोरी, कुनै औपचारिक शिक्षासमेत प्राप्त नगरेकी, व्यापारका लागि कुनै साधन श्रोत नभएकी र विश्वविद्यालयहरुमा पढ्ने पढाइने औद्योगिक मनोविज्ञानअनुरूप उद्यममा जाने कुनै पनि गुण नभएकी महिला उद्यमी थिइन्।

आफ्नो भित्री मनमा खड्केको समस्याको समाधान गर्ने क्रममा उनको आफ्नै सफल कम्पनीले जन्म लियो, हुर्कियो । समाजमा रहेको तत्कालीन समस्याको समाधान दियो । मानिसको जीवन शैलीलाई सहज बनाउन योगदान पु¥यायो । प्रतिफलमा उनी पनि सफल बनिन।नेपालको वास्तविकतालाई छातीमा हात राखेर भन्ने हो भने वर्तमान सरकारले स्वरोजगार गराउने भनी लक्षित गरेको स्वदेशमै रोजगारीको अभाव हुन गएका र विदेश गएका तर नेपाल फर्केर स्वरोजगारीमा फर्कने उल्लेख्य नेपालीमा उद्यमशीलातामा जान जुन गुण उद्योग सुरुगर्न भन्दा अगाडि हेनरी फÞोर्डसँग थियो, सी.जे. वालकरसँग थियो, त्यो गुण पर्याप्त छ।

नेपालभित्र रोजगारी र स्वरोजगारीको चक्करमा रहेका हरेक नेपाली युवा युवतीसमेत यो गुण युक्त नै थिए । तर के भयो र हाम्रोतर्फ बाट कहाँ बदमासी भयो, कहाँ अन देखा गरियो र कहाँ अलि ध्यान पुग्न सकेन ? अब मिहिन भएर केलाउने, उक्त कमजोरी हटाएर मुलुकलाई स्वरोजगार उन्मुख बनाउन समय परिपक्व बनेको छ।एउटा कुरो केचाहि सही हो भने नेपाल सरकारको पहुँचमा रहेका हाल मुलुक भित्रका प्रमुख खेल परिवर्तक ठानिएका प्राविधिक, सीपमूलक र भोकेसनल तालिम प्रदायक संस्थाहरूको तालिम प्याकेजले चकलेट, पुडिंग, कष्टार्ड, पान ,केक, अङ्गुरको रक्सी बनाउने जस्ता तालिम दिएर तालिम प्राप्त जनशक्ति विदेश पठाउनेतिर जरुरतभन्दा धेरै जोड बल पुर्याइरहेको देखिन्छ।

स्थानीयस्तरमा उत्पादन हुने अदुवा, सुन्तला र दालचिनीबाट कसरी कोक, पेप्सीको वैकल्पिक पेय बनाउने, गाउँमै हुने तितेपातीको रक्सीबाट कसरी ककटेलमा हाल्ने एङगुष्ट्रा बिटर तथा बिटर लेमन बनाउने, कसरी पाँचऔलेजस्ता पदार्थबाट रेडबूलको विकल्प दिने, कसरी गाउँकै गेरु माटो, कमेरो र कालीमाटीले आयातित कस्मेटिक प्रतिस्थापन गर्ने, कसरी गाउँमै अन्तर्राष्ट्रियस्तरको गर्गल, तुथपेष्ट, खाद्य सप्लिमेन्ट, खाद्यफ्लेभर, नेचुरल हेल्थ प्रडक्ट, आयुर्वेदिक उत्पादन, क्यान्सर प्रतिरोधी, आयातित एफ्रोडाइटिक तथा विलासीका उत्पादन विस्थापन बनाउने जस्ता कार्यक्रम नै उपलब्ध छैन।

न त हामी आजसम्म जैविक मल, भर्मी कम्पोस्ट, जैविक विषादी, जैविक सेनिटाईजर, गिनोल, जैविक खाध सुरक्षाको विकल्प आदिको स्थानीय बजार प्रतिस्थापन गराउने तालिम र स्वरोजगार प्याकेज दिने संस्थाको नै दरिलो उपस्थिति गराउन सफल बनिरहेका छाैं।आज संसारकै ५० प्रतिशतभन्दा धेरै सेन्थेटिक ओखती हर्बलवाट प्रतिस्थापन बनी ५–७ वर्षभित्र कम्तीमा ८० प्रतिशत ओखती हर्बल बेस बन्दै गर्दा, संसार हाम्रै स्थानीस्तरमा सम्भब हुने वनस्पति र हर्बलजन्य एक्सट्रयाकको फर्मुलेसनवाट भेगन मासु र भेगन चिज बनाई प्लान्ट बेस खानाको रूपमा संसारको बजार आफ्नो पकडमा राख्दै गर्दा हामी भने आफ्नो क्षमताको पहिचान र उपयोग गर्न सकिरहेका छैनौं।

हामीसँग भएका कुनै पनि तालिम र उधम प्रवर्धन गर्ने निकायसँग मुलुकको रैथाने क्षमता उद्यमीसामु पु¥याएर त्यसको बजारीकरण गरी मुलुकलाई संम्बृद्धितर्फ लान सक्ने ज्ञानको समेत अभाव छ । तालिम प्याकेज र स्वरोजगार उन्मुख उद्यमशीलताको विकास त झन् परको कुरो रह्यो । सरकारले यो विकराल स्थिति अब जसरी पनि तोड्नु पर्छ । विदेशमा रहेका सक्षम गैरआवासीय नेपालीहरूले यो कहाली लाग्दो विकराल स्थिति तोड्न सरकारलाई सहयोग गर्न जरुरी छ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सङ्घीय संसद्को संयुक्त बैठकबाटै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारको तर्फबाट विदेशमा रहेका प्रतिभाशाली नेपाली तथा गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान र सीपलाई राष्ट्रिय विकास अभियानमा उपयोग गरिने तथा गैरआवासीय नेपालीहरूको पुँजी र प्रविधि देश विकासमा उपयोग गर्न प्रेरित गरिने घोषणा गर्दै गैरआवासीय नेपालीहरु लाई आफ्नो मातृभूमिको विकासमा सहभागी हुन अनुरोध र विगतमा नेपालको विकासमा पु¥याएको योगदानबापत धन्यवाद ज्ञापन समेत आएको छ । जुन राष्ट्रको सबैभन्दा उच्चस्तरबाट गैरआवासीय नेपालीहरू प्रति प्रकट गरिएको सम्मान र विश्वास हो।

मुलुकले समग्र विकास र वर्तमान समस्याबाट मुक्ति प्राप्त गर्न गैरआवासीय नेपालीहरू सँग अपेक्षा गरेकोले आशा र भरोसाको पूर्ति गर्ने सबैभन्दा उत्तम विकल्प जतिसक्दो चाँडो नेपालको हरेक प्रदेशमा कम्तीमा एउटा स्वरोजगार मुखी तालिम उपलब्ध गराउने व्यवहारिक तालिम केन्द्रहरू खडा गर्न उत्तम हुने छ।त्यस्तै स्वरोजगारमा गएकाहरुलाई आफ्नो उधम सफल पार्न जरुरी हुने प्रविधि हस्तान्तरण, प्रडक्टको फर्मुलेसन विकास र प्रयोगात्मक ज्ञानको उपलब्धता नरहेको खाडल पुर्न कृषि, बन तथा खनिजमा आधारित स्वरोजगार मूलक नवप्रवर्तन केन्द्र स्थापना गर्न सहयोग गर्न जरुरी बनेको छ । नेपाल सरकारले सबै प्रदेशमा यस्ता निकायहरूको अनिबार्य व्यवस्था हुने गरी तत्काल बजेटको व्यवस्था तथा निकासी गर्न जरुरी देखिन्छ।

प्रतिकृया दिनुहोस्