Tuesday, October 27

सुत्नु आघि पाथिभरा माताको दर्सन गरि भोलिको राशिफल पढ्नुहोस ! तपाइको भाग्य कस्तो ?

September 8, 2020 236

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तर खास हानि पुग्दैन, दिन ठिकै छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुरा काट्नेहरु प्रसस्त बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन । जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला ।

प्रतिकृया दिनुहोस्