Sunday, October 25

केहि दिन देखि दिनदेखि हराइरहेकी नायिका मृत अवस्थामा फेला (भिडियोसहित)

July 14, 2020 183

हराएको ६ दिन पछि एक नायिका मृत फेला परेकी छन् । म्युजिकल कमेडी शो ग्लीबाट चर्चामा आएकी अमेरिकी नायिका तथा गायिका नाया रिभेरा हराएको ६ दिन पछि मृत फेला परेकी हुन् । उनको शव फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रिपोर्टका अनुसार हिट टिभी म्युजिकल कमेडी ग्लीकी नाया रिभेराको शव ६ दिनपछि साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो । ३३ वर्षकी नायिका नाया रिभेरा आफ्नो छोरालाई लिएर घुम्न निस्केकी थिइन् । छोरासंगै एउटा डुंगा भाडामा लिएर निस्केकी उनी पानीमा हराएकी हुन् ।

डुंगामा शयर गर्न गएको बेलामा के भयो भन्ने नखुलेको भएपनि उनले आफ्नो छोरालाई बचाउन निकै कोषिश गरेको पुष्टि हुने बताइएको छ । छोरालाई बचाउनकै लागि उनले निकै संघर्ष गरिन् । छोरा डुंगा माथि सुतिरहेको अवस्थामा फेला परेका थिए भने उनी हराएकी थिइन् ।

काउन्टी सेरिफ बिल आयुबले सोमबार सीएनएनसँगको कुराकानीमा नाया रिभोराले मृत्युवरण गर्नुअघि आफ्नो भए भरको बल छोरालाई बचाउन लगाएको बताएका छन् । उनले छोरालाई डुंगाा राख्न र उनको ज्यान बचाउन निकै कोशीस गरेको तर आफुलाई बचाउन नसकेको अनुमान लगाएका छन् । उनको शव पानीमा निकै गहिरो स्थानमा फेला परेको थियो । उनको शव नचिनिने अवस्थामा रहेका कारण पुष्टि गर्न दाँतको परिक्षण गरिने भएको छ ।

रिभेरा र उनका छोराले बुधबार एउटा डुङ्गा भाडामा लिएर घुम्न निस्केका थिए । डुंगामा फेला परेका ती बालकले उद्धारकर्मीलाई आफू आफ्नी आमासहित पौडी खेल्न गएको तर उनी डुङ्गामा फर्किएर नआएको जानकारी दिएका छन् । बालकले पछाडि फर्केर हेर्दा आमालाई पानी मुनी हराएको देखेको अनुसन्धानकर्तालाई बताएका पछि उनको पानीमा खोजि गरिएको थियो

उनको छोरालाई डुङ्गामा सुतिरहेको अवस्थामा भेटिएको हो । डुङ्गाभित्र एउटा लाइफ ज्याकेट थियो भने अर्को ती बालकले लगाएका थिए ।

उनको शव तैरिरहेको अवस्थामा जहाँ भेटियो त्यहाँको पानी ३५ देखि ६० फिट गहिरो छ ।
कार्यक्रम ग्लीको उनको सहकर्मी जेन लिन्चले ट्वीट आर्फत घटनाको पुष्टि गर्दै लेखेकी छन, ‘आराम गर प्यारी नाया । तिमी कति साहसिली थियौं ।’

रिवेराले निकै कम उमेरमा नै अभिनय यात्रा सुरु गरेकी थिइन् । ४ वर्षकै उमेर देखि अभिनय सुरु गरेकी उनी कलाकारीतामा उदाउँदो युवती थिइन् । उनले चार वर्षको उमेमा सिबिएस च्यानलमा ब्रोडकास्ट रोयल फ्यामिली शो मा जादु देखाएकी थिइन् । सन् २००५ मा फक्स च्यानलमा आउने शो ग्लीमा समलिङ्गी टीन स्यान्टेना लोपेजको भूमिकाबाट उनले चर्चा पाएकी हुन् ।यो कार्यक्रम सन् २००९ देखि २०१५ सम्म चलेको थियो ।
उनका चार चार वर्षका छोरा जोसे छन् ।

प्रतिकृया दिनुहोस्