Tuesday, October 20

दक्षिणकाली भगवतिको दर्शन गराै ! मनकाे इच्छा पुरा हुन्छ

September 9, 2020 63

एजेन्सी : हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ । शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ । हिन्दू धर्म मान्नेहरुले सामान्यतः शक्तिपीठहरुको अराधाना सदैव गर्ने गर्छन् । अझ दशैं आएपछि त शक्तिपीठहरुमा झनै विशेष आराधना, पूजापाठहरु गर्ने गरिन्छ ।

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।

यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

प्रतिकृया दिनुहोस्