Thursday, October 22

जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा धादिङका ‘गुण्डा नाइके’ राधे पक्राउ

October 9, 2020 99

काठमाडौं, २३ असोज । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका ‘गुण्डा नाइके’ राधे पक्राउ परेका छन् ।

क्रसर सञ्चालन र बालुवा डिपो लगायतका निर्माण सामाग्री सञ्चालकहरुबाट हप्ता असुली गरिरहेका धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।

जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । अवैध रूपमा बालुवा निकाल्न लागेका भण्डारीलाई जनप्रतिनिधिहरुले रोक्न खोजेपछि विवाद हुँदा उनले जनप्रतिनिधिहरुलाई धम्क्याएका थिए । साेही आरोपमा उनी पक्राउ परेका हुन् ।

गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

 

प्रतिकृया दिनुहोस्