Thursday, October 22

कोरोना संक्रमित बिरामीको रहस्यमय निधन भएको घटनामा संक्रमितलाइ गरियो यस्तो ब्यबहार

October 9, 2020 209

काठमाडौ । ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित बिरामीको रहस्यमय निधन भएको घटनामा अस्पतालको सीसीटीभी सार्वजनिक भएको छ । बुधबार बिहान बिरामीको रहस्यमय निधन भएपछि आफन्तले अस्पतालमा घेराउ गरेका छन् । उनीहरुले घटना रहस्यमयी भन्दै छानविनको माग गरेका छन् । गत शनिवार कोरोना पुष्टि भएपनि नुवाकोट तादी गाउँपालिकाका शेरबहादुर लामालाई ललितपुरको किष्ट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

परिवारले अस्पतालको लापरवाहीका कारण विरामीको निधन भएको भन्दै घटना छानविनको माग राखेका छन् । आफन्तलाई देखाइएको सीसीटीभी फुटेज पनि धमिलो छ । शौचालय जाँदा लडेर निधन भएको भनिएपनि सीसीटीभी फुटेज हेर्दा उनको अस्पतालको वेडमै निधन भएको जस्तो देखिन्छ । अस्पतालका नर्शहरुले चलाउँदा उनी चलेको देखिन्न ।

अस्पतामा राम्रो उपचार नपाएको भन्दै गुनासो गरेका शेरवहादुरको निधन भएको हो । उनले आफन्तलाई फोन गरेर आफुलाई अस्पतालमा राम्रो उपचार नगरेको भन्दै सुनाएका थिए । अघिल्लो दिन राती त्यसो भनेर आफन्तलाई सुनाएका शेरवहादुरको भोलीपल्ट निधन भएको भन्दै अस्पतालवाट खबर पुगेको थियो । बुवाले त्यसो भनेपछि शेरवहादुरको छोरी तारा मोक्तानले अस्पतालमा फोन गरेर राम्रो उपचार गर्न आग्रह पनि गरेको बताएकी छन् । स्वास्थ्यमा समस्या भएर विरामीले बोलाउँदा पनि चिकिस्सक हेर्न समेत नगएको बुवाले बताएको छोरीको भनाई छ ।

आज बिहान बुवा बिहान ट्वाइलेटमा ढ ले को र आसियूमा लगेर उपचार गर्दा निधन भएको भन्दै अस्पतालले फोन गरेको भएपनि सीसीटीभी फुटेज हेर्दा अर्कै दृष्य देखिन्छ । फुटेजमा सीसीटीभीमा हेर्दा निधन भएपछि मात्र आइसियुमा लगेको जस्तो देखिएको दावी गरेका छन् । शेरवहादुरको छोरी मोक्तानले गएरातीसम्म परिवारको सम्पर्कमा रहेर कुरा गरिरहेको मान्छे आज बिहान निधन हुनु् रहस्यमय भएको बताउँदै अस्पतालबिरुद्ध कारवाहीका लागि उजुरी दिने बताइन् ।

प्रतिकृया दिनुहोस्