Wednesday, October 21

अविवाहित छु भन्दै झुक्याएर विहे गरे, बच्चा जन्मिएको एक महिनामा श्रीमानले यस्तो निच हर्कत गरेपछि आत्म’ह’त्या’को प्रयास (भिडियो हेर्नुस्)

October 9, 2020 194

काठमाडौ । दागंकी प्रमिला बुढामगरले जिवनमा यस्तो समस्या आउला भन्ने सोचेकी थिइनन् । फेसवुकमा भेटिएका रोल्पाका एक युवकसंग उनको दिनहुँ कुरा हुन थाल्यो । रोल्पाका कृष्णबहादुर बुढामगरसंग उनको दिनहुँ कुराकानी हुँदा उनीहरुको प्रेम बस्यो । उनले आफु अविवाहित भएको बताएका थिए । फेसवुकमा भेटिएका ब्यक्तिको त भरोसा हुँदैन तपाई विवाहित हुनुहुन्छ होला भनेर प्रश्न गर्दा उनले आफ्नो भिनाजुसंग पनि परिचय गराएको बताएकी छन् । त्यती बेला कृष्णबहादुर साउदीमा थिए ।

अविवाहित भनेर भनेका कृष्णसंग करिब ३ वर्षसम्म मोवाइल र फेसवुकमा कुराकानी भइरहेको थियो । उनले फोन र म्यासेजमा धेरै पटक भेट्न बोलाए । उनले आफु अविवाहित हो भनेर युवतीको घरमै आएर बुवाआमासंग मागेर टिका लगाएर लिएर गएका थिए । विवाह गरेर ७ महिना पछि आफु गर्भवती भएको बेलामा उनको पहिला नै विवाह भइसकेको थाहा पाएको बताइन् । मोवाइलमा सुनिताको आमा भनेर सेभ गरेको नम्बरवाट फोन आइरहने आफुले देखेपछि को हो भनेर सोध्दा उनले आन्टी हो भनेर झुटो बोलेका थिए । तर पछि उनी ति महिला श्रीमती नै हो भन्ने थाहा पाएको बताइन् ।

उनको वास्तविकता बुझ्न तपाईको अर्को श्रीमती छन् भने पनि मिलेर बसांैला भनेर भनेपछि अनि उनले अर्को श्रीमती छन् भनेर सुनाएको उनको भनाई छ । विवाह गरे पछि पनि श्रीमानले आफुलाई घरमा नलगेको उनको भनाई छ । अहिले उनको छोरा अभिषेक २ वर्षका छन् । बच्चा जन्मिएको ३ महिना देखि श्रीमान सम्पर्क विहिन छन् । उनी घर जान्छु भनेर श्रीमतीलाई छोडेर गएका थिए । त्यसपछि अहिले सम्म पनि सम्पर्कमा छैनन् । जापान जान्छु भनेका श्रीमानलाई उनले २ लाख रुपैया ऋण खोजिदिएकी थिइन् । श्रीमानले त्यो ऋण पनि श्रीमानले तिरेका छैनन् ।

बच्चा जन्मिएको एक महिना पछि श्रीमानलाई फोन गर्दा अर्कै केटाहरुलाई फोन दिएर नराम्रो कुरा गरेको बताइन् । छोरा विरामी भएर फोन गर्दा संगै रहेका अर्का केटालाई फोन दिए त्यो केटाले कृष्णबहादुर त विवाह भएको र छोराछोरी भएको हो म अविवाहित हो मसंग विहे गर म तिमीलाई खुसीले राख्छु भनेर त्यो केटाले भनेको बताइन् । श्रीमानलाई फोन गर्दा अर्कै केटालाई फोन दिएर नराम्रो कुरा गर्ने गरेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस्