Saturday, October 24

१३ वर्षीाय छोरीलाई पटक–पटक बला त्कार गरी गर्भवती बनाउने बाबुलाई जन्मकैद

October 11, 2020 619

सर्लाही, २५ असोज- आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बला त्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो ।

छोरीलाई पटक–पटक बाल त्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो । बला त्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताउनुभयो । अदालतले जन्मकैदको फैसलासहित रु ५० हजार जरिवाना तोकेको छ ।

आरोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक बलात्कार गरेको अदालतमा बयान दिएको जनाइएको छ ।

हाडनाता करणी गरेका उनको नेपालभर कतै पनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट रु ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ । पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ ।

दुई बिघा १० कठ्ठाको गाँजा नष्ट
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुई बिघा १० कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ नारायण खोला, मटरदोभान, सत्रकठ्ठा, माईथान, हात्तिसुडेलगायतका स्थानमा लगाइएको सो परिमाणको गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।(रासस)

प्रतिकृया दिनुहोस्