Sunday, October 25

मन्दिरकालागी जग्गाको विषयमा सामान्य विबाद हुँदा पुजारीलाई जिउँदै जलाइयो

October 11, 2020 63

एजेन्सी । मन्दिरकालागी जग्गाको विषयमा सामान्य विबादकै क्रममा एक पुजारीलाई जिउँदै जलाईएको छ । पुजारी र स्थानीयबीच जमिनको विषयमा सामान्य चर्काचर्की पर्दा उक्त पुजारीलाई जिउँदै जलाईएको हो । यो घटना भारतको राजस्थानको हो । पुजारीलाई जिउँदै जलाईएको विषयलाई भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतको राजस्थानमा पर्ने करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा उक्त घटना भएको हो भारतीय सञ्चार माध्यहरुमा उल्लेख गरिएको छ । विवाद उत्पन्न भएपछि पुजारी बाबुलाल वैष्णवको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो । आगोले जलेर गम्भीर घाइते भएका पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै पाँच जनावि’रु’द्ध अ’भि’यो’ग लगाइएको छ । तीमध्ये मुख्य अ’भि’यु’क्त कैला मिणालाई करौली प्रहरीले प’क्रा’उ गरिसकेको बताइएको छ । अन्य अ’भि’यु’क्तहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्