Friday, April 23

यसकारण विवाहित महिला पुरुषको बायाँतिर बस्छन्

October 12, 2020 105

काठमाडौं , २६ असोज । सबैले भन्ने गर्छन् विवाहित महिला श्रीमान्को बायाँ तिर बस्नुपर्छ । जस्तो टिका लगाउँदा , खाना खाँदा सँगै बस्दा, पुजा पाठ गर्दा, सुत्दा आर्शिवाद ग्रहन गर्दा श्रीमती सधै बायाँतिर बस्ने चलन रहिआएको छ ।

तर यसको पछाडि कारण पनि छ ,सबैलाई थाहा नहोला पुरुषको उत्पति भगवान शिवको दायाँ स्कन्द (पाखुरा) बाट भएको हो भने महिलाको उत्पति भगवान शिवकै बाँया हात स्कन्दबाट भएको हो । यसको बारेमा तपाई हामीले शिव भगवानको अर्धनारी तस्विर हेरौं भने स्पष्ट देख्न सक्छौ कि शिव भगवानको दाहिने तिरको पाखुरमा पुरुषको स्वरुप देख्न सकिन्छ भने देब्रे पाखुराका महिलाको स्वरुप देख्न सकिन्छ । जसले गर्दा हाम्रो हिन्दु संस्कारमा महिला पुरुषको बायाँतिर बस्ने गर्छन् ।

हस्तरेखा अनुसारबाट पनि यो स्पष्ट हुन्छ की दायाँ हस्तबाट पुरुषको र वायाँ हस्तरेखाबाट महिलाको भाग्य हेरिन्छ । हामीले विवाहमा सिन्दुर दान गर्दा पनि दुलहीलाई बायाँ तिर राख्ने गछौं ।

तर, शास्त्र अनुसार अन्नप्रसान, कन्यादान , यज्ञकर्म, जात कर्म गर्दा चाहिँ महिला पुरुषको दायाँ रहने धार्मिक मान्यता छ । सांसरीक हरेक कर्ममा भन महिला पुरुषको दायाँ रहन्छिन् ।

प्रतिकृया दिनुहोस्