Monday, March 8

देख्ना साथ फोटोलाई छोएर ॐ कमेन्ट गरी सेयर गर्नुहोस तपाइको मनोकामना पुरा हुनेछ ,ॐ ॐ ॐ !!!

October 16, 2020 577

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवारसँग महत्वपूर्ण विषयमा छलफल हुनेछ। कर्यक्षेत्रमा उच्च पदाधिकारीसँग महत्वपूर्ण मुद्दामा विचार-परामर्श हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। यात्राको योग बन्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। कार्यभार बढ्नाले मानसिक तनाब हुनसक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वैदेशिक क्षेत्रमा रहेका आफन्त तथा मित्रबाट शुभ समाचार मिल्नेछ। विदेश जान इच्छुकको लागि अनुकूल संयोग बन्ला। लामो दूरीको यात्रा गर्ने मौका मिल्नेछ। अफिस वा कार्यक्षेत्रमा कार्यभारमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कुनै प्रकारको अनिष्टबाट बच्नको लागि क्रोधको भावना नियन्त्रणमा राख्नुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। खर्च बढ्नाले आर्थिक समस्याले सताउन सक्छ। आफन्तसँग मनमुटावको स्थिति आउनसक्छ। धार्मिक कार्यमा मन लाग्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मित्र तथा परिवारका साथमा मनोरंजनको स्थानमा रमणीय यात्रा गर्ने मौका मिल्नेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। सामाजिक क्षेत्रमा मन-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीबाट लाभ मिल्ने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवारमा हर्षोउल्लासको वातावरण रहनेछ। पारिवारिक सदस्यको साथ आनन्दमय रूपले समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नोकरी क्षेत्रमा सहकर्मीको साथ सहयोग भरपूर मिल्नेछ। मावल पक्षबाट लाभ मिल्ने सम्भावना रहेको छ। शत्रु पराजित हुनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सन्तान सम्बन्धि समस्याले सताउन सक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट दुख्ने समस्या देखा पर्न सक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल नरहला। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आमा तथा स्त्रीको मामलामा चिन्ता बढ्नेछ। यात्रा गर्नको लागि दिन अनुकूल छैन। छाती दुख्ने समस्याले सताउन सक्छ। विद्यार्थी वर्गको लागि दिन शुभ छैन। घर-जग्गा सम्बन्धि कारोबार गर्दा सावधान रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। भाई-बहिनीसँग मेल मिलाप बढ्नेछ। आफन्त तथा मित्रसँग भेटघाट हुने सम्भावना छ। यात्राको योग बन्नेछ। भाग्यवृद्धिको योग रहेको छ। समाजमा ख्याति बढ्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पारिवारिक सदस्यका साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ। मानसिक तनाब बढ्नेछ। नयाँ कार्य सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन दिन शुभ छैन। व्यर्थको खर्च बढ्नाले आर्थिक स्थिति कमजोर हुनसक्छ। कर्यक्षेत्रमा कार्यभार अत्याधिक हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक कार्य मा संलग्न हुनुहुनेछ। नोकरी तथा व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। हरेक कार्य सरलताका साथ पूरा हुनेछ। पदोन्नतीको योग रहेको छ। मान-सम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। दुर्घटना हुने योग रहेकोले यात्रा गर्दा ध्यान राख्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अर्त्यधिक खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, सतर्क रहनुहोला। पूँजी निवेश गर्दा सोच-विचार गरेर मात्र अगाडी बढ्नुहोला, अन्यथा नोक्सान हुनसक्छ। क्रोधमा संयम राख्नुहोला। स्वास्थ्य राम्रो रहनेछ। नयाँ कार्य सुरु गर्न दिन शुभ रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सामजिक क्षेत्रमा सम्लाना बढ्नेछ। आकस्मिक धन लाभको सम्भावना छ। यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। सन्तानबाट पनि लाभ मिल्न सक्छ। नयाँ मित्र बन्नेछन्। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

प्रतिकृया दिनुहोस्