Tuesday, October 27

मनोकामना मन्दिरको दर्शन गर्दै पढ्नुहोस तपाइको आज कार्तिक २ को शुभ राशिफल

October 18, 2020 113

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।

प्रतिकृया दिनुहोस्