Tuesday, December 1

अमेरिकामा सर्वाधिक दैनिक कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पुष्टि- कुन कुन राज्य सबभन्दा बढी प्रभावित?

October 24, 2020 76

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले अस्पतालमा भर्ना हुने सङ्ख्या बढिरहेको चेतावनी दिएका छन्।

तर बिरामी ज्यान गएको दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ।

विशाल औषधि कम्पनीहरू एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनले नियामकहरूबाट खोप परीक्षण अनुमति पाएर पुन: परीक्षण गरिरहेका बेला पछिल्लो विवरण आएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि उत्तरी गोलार्द्धका मुलुकहरू “कठिन अवस्थामा” रहेको चेतावनी दिएको छ।

महानिर्देशक टेड्रोस एडहानमले सञ्चारकर्मीहरूलाई भने, “आउँदा केही महिना असाध्यै कठिन छन् र केही मुलुकहरू खतरनाक बाटोमा छन्।”

अमेरिका
तस्बिर स्रोत,GETTY IMAGES
अमेरिकी पछिल्ला तथ्याङ्क कस्ता छन्?
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्।

शुक्रवारको सङ्ख्या यस अघिको सर्वाधिक सङ्ख्या जुलाई १७मा रहेको ७६ हजार ८ सय ४२ भन्दा ६ हजारले बढी छ।

गत एकहप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। जुन जुलाई यताको सबभन्दा धेरै साप्ताहिक सङ्ख्या हो।

कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या पनि गत ६ दिनमा उल्लेख्य रूपमा बढेको छ। तर त्यो एप्रिलमा दैनिक २०००को मृत्यु भएको भन्दा कम छ।

अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दो छ।

शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ मानिसहरूको अस्पतालमा उपचार भइरहेको छ।

यो अगष्ट यताको सबभन्दा उच्च सङ्ख्या हो तर एप्रिल र जुलाईको भन्दा कम।

प्रतिकृया दिनुहोस्