Tuesday, December 1

दसैंबजारमा कोरोनाको असर : गाउँमा खसी बिकेन, शहरमा व्यापार जागेन

October 24, 2020 141

८ कात्तिक, काठमाडौं । आज दसैंको महाअष्टमी लागिसकेको छ । मानिसहरुका घरघरमा खसी काटेर दूर्गापूजा गर्ने आज महत्वपूर्ण दिन हो । शहर बजारमा समेत मानिसका आँगनमा कराएको सुनिने खसीको आवाज भोलिदेखि सुन्न छाडिने छ ।

तर, यसवर्ष खसीको ब्यापार गतवर्षको दसैंमा जस्तो भएन । कोरोनाका कारण शहरमा खसीबोका धेरै भित्रिएनन् । गाउँमा पनि कतिपय किसानका खोरमा रहेका खसी नबिकेको गुनासो सुनियो ।

प्रतिकृया दिनुहोस्