Saturday, January 23

कोरोनाले संसारलाई रुवाएको छ । त्यसैले जमघट नगरी जो जहाँ छौं त्यहीँ बसेर दसैं मनाऔं । मान्यजनबाट आशिर्वाद लिन भेट्नैपर्छ भन्ने पनि छैन । टाढै बसेर पनि आशिर्वाद लिन सकिन्छ । दसैंको बहानामा कसैको घरमा दशा नआओस् । आपसी भेटघाट र मनोरञ्जन ज्यान बचाउन सके फेरि पनि गर्न सकिन्छ ।

October 25, 2020 174

दसैं आइसकेको छ । तिहार र छठ पनि नजिकै आइरहेका छन् । विगतमा दसैं, तिहार, छठ आउँदा परदेशीहरु घर फर्कन्थे । बजारमा रौनक हुन्थ्यो । गरीबले पनि दसैं तिहारमा ऋण नै गरेर भएपनि एकसरो लुगा फेर्ने र मीठो मसिनो खान्थे । तर, यसपटक अवस्था फरक छ ।

कोभिड १९ को महामारीसंगै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका कारण धेरै परदेशीहरु घर फर्कन पाएका छैनन् । कैयौंको रोजगारी गुमेको छ । केही परदेशीहरु रित्तो हात घर फिर्नु परेको छ । लकडाउनको समयमा भारतबाट घर फर्किएका नेपाली हात मुख जोर्न समस्या भएपछि चाडबाडको मुखैमा फेरि उतै फर्किएका छन् । धेरैको रोजगारी गुमेकाले अहिले गरीबको कमाइ पनि नहुने र ऋण पनि नपाउने दर्दनाक परिस्थिति बनेको छ ।

प्रतिकृया दिनुहोस्