Thursday, October 29

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी नियन्त्रणमा

July 15, 2020 78

३१ असार, काठमाडौं । बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन् ।

प्रतिकृया दिनुहोस्