Saturday, October 31

‘पठाओ’का सहसंस्थापक हात, खुट्टा, टाउको काटिएको अवस्थामा मृत फेला

July 16, 2020 127

एजेन्सी, १ साउन । राइड सेयरिङ कम्पनी ‘पठाओ’का सहसंस्थापक मृत फेला परेका छन् । ‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनका हात, खुट्टा, टाउको काटिएकाे छ । उनको शरीरको नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको छ ।

उनको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ ।

‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ ।

३३ वर्षीय सलेह सन् १९८६मा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिका सरेको थियो ।

सन् २०१५ मा उनले दुई जना साथीहरूसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए । पठाओ बंगलादेशमा निकै लोकप्रिय छ । सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्