Tuesday, October 20

भाई नभएको बेलामा गर्भवती बुहारीलाई जेठाजुले कु’टे, २१ वर्षकी रोशनीको निधन

July 19, 2020 109

काठमाडौं । काभ्रेमा जेठाजुको कु’टाईवाट गर्भवती बुहारीको निधन भएको भन्दै उजुरी परेको छ । जुठाजुरे कु’टेपछि माइत जाँदै गरेकी २१ वर्षीया रोशनी ब्लोनको निधन भएको हो । उनी वाटोमा अ’चेत अवस्थामा फेला परेकी थिइन् । महाभारत गाउँपालिका १ की रोशनीलाई वे’होस अवस्थामा वाटोमा फेला पारी अस्पताल लगिएको थियो । तर उनको उपचार नै सुरु नभई निधन भएको हो ।

गर्भवती बुहारीलाई कु’ट्ने दलबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । जेठाजुको कु’टाईबाट घाईते भई घर छाडेर माईत जाने क्रममा बुहारीको निधन भएको भन्दै माईती पक्षले दिएको जाहेरीका आधारमा जेठाजु पक्राउ परेका छन् ।

उनीहरुको २० दिन अघि परिवारीक अंशबण्डा भएको थियो । तर भुकम्प पछि निर्माण भएको नयाँ घरमा उनीहरु बस्दै ाएको थिए । श्रीमान हरिबहादुर काठमाडौं आएको बेलामा जुठाजु र उनको श्रीमती राजकुमारीले कु’टेको माइती पक्षको भनाई छ । उनी माथि असार १८ गते कु’ट’पि’ट भएको हो ।

त्यस पछि उनी खानिखोला गाउँपालिका वडा नम्वर २ स्थित माईती जान हिडेकी थिइन् । बनेमा गरिएको श’व परिक्षणका क्रममा रोशीका शरिरमा रहेका तीन ओटा करङ भाँ’चिएको, फोक्सोमा र’ग’त जमेको, घाँटीको हड्डी भाँ’चीएको र शरिरको बिभिन्न भागमा गहिरो भित्री चो’टहरु देखिएको छ ।

यो अर्को समाचार, गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । “सडकदेखि करीब ७०÷८० मिटर माथिदेखि पहिरो खसेको छ”, उनले भने, “पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।”

अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो ।

“अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ”, प्रमुख ढकालले भने, “आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।” ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्