July 20, 2020 133
साउन महिना लागेसँगै युवतीहरु हरियो सारी, हरियो पहेलो चुरा, पोतेमा सजिएका छन् ।
हातमा मिहेन्दी भरेका तस्वीरहरु सामाजिक सञ्जालमा राख्नेको संख्या पनि उत्तिकै रहेको छ ।
त्यसमा पनि आज साउने सोमबार । भगवान शिवजीको आराधना गर्दै आज व्रत बस्ने गरिन्छ ।
कोरोना भाइरसका कारण मन्दिरहरुमा जान त्रास रहेसँगै अधिकांशले घरमा नै पूजा अर्चना गरेको र हरियो कपडाहरु लगाएका तस्वीरहरु पोस्ट गरिरहेका छन् ।
यसैबीच सदावाहर अभिनेत्री करिश्मा मानन्धरलाई पनि साउने छपक्कै छोपेको छ ।
उनले पहेलो रातो हरियो चुरा र हरियो सल रहेको तस्वीर केही दिन अघि पोस्ट गरेकी छिन् ।
‘श्रावण महिनाको नक्कल’ लेखेर उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेकी छिन् ।
सबैको जानकारीको शेयर गर्नुहोस !!
प्रतिकृया दिनुहोस्