Thursday, October 22

बाढी र पहिरोले धादिङमा पुल भत्कियो, पृथ्वी राजमार्ग अवरुद्ध

July 20, 2020 273

काठमाडौं । अविरल वर्षासँगैको बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

धादिङ स्थित पृथ्वी राजमार्गको मोवाखोलाको पुलमा बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात अवरुद्ध भएको हो ।

बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।

बेनीघाट रोराङ गाउँपालिका १० मा पहिरो खस्दा तीन सवारी साधन पुरिएका प्रहरीले जनाएको छ।

‘१६-१७ ठाउँमा कतै पहिरो कतै लेदो खसेको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राईले भने,’एक ठाउँमा तीन वटा गाडी पुरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ।’

दर्जन भन्दा बढी स्थानमा पहिरो कारण राजमार्ग अवरुद्ध भएको छ ।

यो पनि – थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारामा ४६ र डोटी जिल्लामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार १ सय ८६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको कूल संख्या १७ हजार ८ सय ४४ पुगेको छ । हालसम्म ११ हजार ८ सय ६८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

संक्रमण देखिएकामध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ । हाल संक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १७३ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

सबैको जानकारीको शेयर गर्नुहोस !!

प्रतिकृया दिनुहोस्