Thursday, October 22

आज एकैदिन मलेसियाबाट १६ श’व नेपाल ल्याइयो

July 21, 2020 100

काठमाडौँ, ५ साउन – मलेसियाबाट आज एकैदिन १६ श’व नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उ’द्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको श’व ल्याइएको हो ।

आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ श’व नेपाल आएका हुन् ।नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक श’व ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार श’व नेपाल ल्याइएको थियो ।

यसअघि विदेशमा अ’लपत्र नेपालीको उ’द्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ श’व नेपाल ल्याइएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उ’डान भएका छन् ।

यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ श’व ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक श’व तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।दोहा, रियाद र दमामबाट थप नेपालीको उ’द्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्र’स्थान गरेका विमानस्थले जनाएको छ ।

यस्तै – न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, आगामी २४ घण्टा मुलुकभर ठुलो वर्षा हुने

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ ।

त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेको मौसमविद्ले बताएका छन् । यो रेखा जति नजिक आउँछ उति वर्षा बढ्ने भएकाले अब कम्तीमा तीन देशभर वर्षा व्यापक हुने मौसमविद्ले अनुमान गरेका छन् । मौसमविद्का अनुसार यो रेखा आइतबार राति नेपालतर्फ सरेको हो । यो जानकारी जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै विज्ञप्ति जारी दिएको थियो ।

प्रतिकृया दिनुहोस्