Thursday, October 29

जसले जितिन् कोरोना : १०५ दिन भेन्टिलेटरमा, ४० दिन कोमामा

July 21, 2020 118

काठमाडौं । विश्वनै कोरोना भाइरस रोगबाट त्रसित भइरहेको अवस्थामा बेलायतमा एक कोरोना संक्रमितको पुनर्जन्मले खुसी छाएको छ । कोरोना भइहालेमा मरिहालिन्छ भन्ने डरलाई पुनर्जन्म पाएकी यी महिलाको कथाले केही हदसम्म टारिदिन्छ । बेलायतमा कोरोना भाइरस रोगका एक बिरामी १३० दिन अस्पतालमा बस्नपर्यो । ३५ वर्षकी फातिमा ब्रिडल मोरक्कोबाट फर्किए लगत्तै बिरामी भइन् । कोरोना संक्रमणपछि निमोनिया र सेप्सीस(धेरै अंग) हरु खराब भएको अवस्थाले उनलाई १०५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नपर्यो । हाल उनी रिकभर वार्डमा छिन् ।

आफू संक्रमित भएको (१३०) दिनदेखि पति ट्रयासीसँग देखभेट गर्न नपाएकी ब्रिडलले यसै हप्ता घर जान पाउने आशा राखेकी छिन् । फातिमाले आफूलाई वार्डमा सारिएपछि पहिलोपटक पत्रकारसँग आफूले मृत्युसँग जुधेको साहसिक कथा सुनाएकी छन् । स्वासनलीमा गम्भीर असरका साथ ४० दिनसम्म कोमामा रहेकी फातिमाले अन्तरवार्ताको सुरुवातीमा नै उनको उपचारमा खटिएका डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिएकी थिइन् जसले उनलाई पुनर्जन्म दिएका थिए । साँच्चिकै डाक्टर, नर्स तथा सबै स्वास्थ्यकर्मीका कारण आज म जिउँदो छु, जति प्रशंसा गरे पनि थोरै हुन्छ फातिमाले भनिन् मलाई लागिरहेको छ म सपनामा छु ।

उनको उपचार एनएचएस अस्पतालमा भएको थियो । सरुवा रोग विशेषज्ञ डा. भारत पंखानियाले विशेष उपचार र हेरचाहकै कारण फातिमाको ज्यान जोगिएको भन्दै खुशी व्यक्त गर्नुभयो । पूर्व सैनिक रहेका फातिमाका ५६ वर्षका पति ट्रयासी कोरोना भाइरससँग लामो समयसम्म भेन्टिलेटरमा रहेर पनि आफ्नी श्रीमतीले नयाँ जीवन पाउनुलाई मेडिकल चमत्कार ठान्दछन् । उनी भन्छन् मैले अब फातिमाले कहिल्यै देख्न नपाउने परिकल्पनाका साथ पीडामा डुबेको थिएँ तर अहिले म जति खुशी त कोही पनि छैन ।

पूर्ण रुपमा पहिलाकै अवस्थामा आउने सम्भावना कम देखेका डाक्टरहरु समेत फातिमाको पुनर्जन्मबाट अचम्मित भएका छन् । फातिमा दम्पतिले उनलाई मोरक्कोबाट फर्कने क्रममा कोरोना संक्रमण भएको अनुमान गरेका छन् । फर्किए लगत्तै उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । फातिमालाई मार्च १२ मा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ६ दिनपछि उनलाई आइसीयूमा सारिएको थियो । त्यसको अर्को साता डाक्टरहरुले फातिमाको अवस्था खतरा रहेको जानकारी ट्रयासीलाई गराएका थिए । डाक्टरले उनलाई भने कि फातिमालाई निमोनिया भएको छ ।

फातिमाको अवस्था बिग्रदै गए पनि भेन्टिलेटरमा राखिएको थियो । शरीरका अंगहरुले काम गरेको प्रतिक्रिया नदिएपछि डाक्टरहरु फातिमालाई ओल्टाउने पल्टाउने गर्दै केही प्रतिक्रिया लिने कोशिश गर्दथे । तर एन्टीबायोटिक औषधिले पनि काम नगर्ने भयो । यसबारे डाक्टरहरुले मार्च २४ मा ट्रयासीलाई जानकारी दिएका थिए । फातिमा ४० दिनसम्म कोमामा थिइन्, म रोइमात्रै रहन्थेँ, फातिमालाई गुमाएँ भनि चिच्याउँथेँ, फातिमाको पीरले मेरो अवस्था बिग्रदै गएछ र म अहिले औषधि लिइरहेको छु ।

अप्रिलको अन्त्यतिर ट्रयासीलाई डाक्टरले भने कि फातिमाले कोरोनालाई जितेकी छन् तर निमोनियासँगको संघर्ष भने जारी छ । मे महिनाको मध्यतिर फातिमाको मुखबाट आवाज निस्कियो । उनी आफ्नो पतिसँग बोल्न चाहन्थिन् । बिस्तारै स्वास्थ्यमा सुधार आएपछि डाक्टरले फातिमालाई उनको पतिसँग फोन मार्फत कुरा गर्ने अनुमति दिए । डाक्टरका अनुसार कोरोना संक्रमणका कारण फातिमाको फोक्सोमा क्षति पुगेको थियो । पूर्ण रुपमा पहिलाकै अवस्थामा आउने सम्भावना कम देखेका डाक्टरहरु समेत फातिमाको पुनर्जन्मबाट अचम्मित भएका छन् । हाल उनी बिस्तारै हिँड्डुल गर्न सक्छिन् ।

प्रतिकृया दिनुहोस्