Saturday, October 24

पर्बतमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

July 21, 2020 101

पर्बत, ०६ सााउन । पर्बतमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । फलेबास नगरपालिका ९ भंगरा स्थित कालोखोलामा पौडी खेल्ने क्रममा डुबेर २४ बर्षीय राजन पौडेल क्षेत्रीको मृत्यु भएको हो ।

सोमबार दिउँसो घरबाट निस्केका उनको पौडी खेल्ने क्रममा कालोखोलामा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई सोमबार साझनै प्रहरीले जिल्ला अस्पताल ल्याएको थियो । अहिले उनको शब पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईने डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्